काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले कलाकार सागर लम्साल ‘बले’ पक्राउबारे भ्रामक तथा अप्रमाणित सूचनाहरू सम्प्रेषण नगर्न आग्रह गरेको छ । परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले सोमबार एक विज्ञप्ति जारी गर्दै बलेविरुद्ध अभद्र व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान भइरहेकाले भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह गरेका हुन् ।
चैत २० गते पक्राउ परी आएका बले भन्ने सागर लम्साल उपर जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट दिन ५ को म्याद थप भइ जिल्ला प्रहरी परिसर काठमाडौंबाट अभद्र व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान भइरहेकोले उक्त विषयमा भ्रामक तथा अप्रमाणित सूचनाहरू सम्प्रेषण नगर्नरनगराउनका लागि अनुरोध गरेको छ ।
