काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा पूर्वऊर्जामन्त्री दीपक खड्का माथि भइरहेको सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि थप ७ दिनको म्याद दिइएको छ। चैत १५ गते पक्राउ परेका खड्कालाई दोस्रोपटक म्याद थप गरिएको हो।
यसअघि काठमाडौं जिल्ला अदालत ले पनि उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। उनीमाथि भदौ २४ गते भएको जेनजी आन्दोलनपछि उनको घरमा भेटिएको जलेको नगद रकमबारे अनुसन्धान भइरहेको छ। उक्त घटनामा प्रदर्शनकारीले घरमा तोडफोड र आगजनी गरेका थिए, जसपछि जलेका नेपाली तथा विदेशी नोटका दृश्यहरू सार्वजनिक भएका थिए। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले खड्काको घरबाट जलेका नोटका टुक्रा र खरानी संकलन गरी थप अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ।