काठमाडौं । नेपाल प्रहरी अन्तर्गतको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले ‘फेक रेस्क्यु’ सम्बन्धी हालै सार्वजनिक भएका समाचारहरू भ्रामक र अपुष्ट भएको जनाएको छ।
ब्यूरोले एक प्रेस विज्ञप्ति जारी गर्दै सगरमाथा क्षेत्रका गाइडहरूले पर्यटकलाई जानाजानी बिरामी बनाइ उद्धार गराउने जालसाजी गरेको भन्ने आरोपमा अहिलेसम्म कुनै प्रमाण नभेटिएको प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए ।
सिआईबीले अपुष्ट सामग्री प्रकाशन तथा प्रसारण गर्नु गैरकानुनी हुने भन्दै सबैलाई यस्ता सामग्री नफैलाउन अनुरोध गरेको छ।
