काठमाडौँ। उपत्यकामा यात्रुलाई अनावश्यक तानातान गरेको आरोपमा ४८ जना पक्राउ परेका छन्। प्रहरी वृत्त कालीमाटी र मातहतका टोलीहरूले बल्खु क्षेत्रबाट १९ जना, कलंकीबाट २४ जना र नयाँ बसपार्कबाट ५ जनालाई नियन्त्रणमा लिएका हुन्।
उपत्यकाका विभिन्न बस टिकट काउन्टरमा काम गर्ने व्यक्तिहरूले बस तथा सुमोमा चढी उपत्यका बाहिर जान लागेका यात्रुलाई तानातान गरेको गुनासो आएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेकामाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान अघि बढाइने भएको छ।