बुटवल । प्रहरी महानिरीक्षक आईजीपी दान बहादुर कार्कीले इलाका प्रहरी कार्यालय बुटवलको परिसरमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको कार्यालय भवनको बुधबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।
आईजीपी कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र समेत प्रदान गरे ।उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले स्रोत साधनको सीमितताको बाबजुद नागरिकहरू प्रतिको जिम्मेवारीको भावना, कामना तथा नागरिकहरूको अपार सहयोग र समर्थनले नागरिकहरू प्रति अझ उत्तरदायी भई काम गर्न प्रहरीलाई सधै उत्प्रेरित गरेको चर्चा गरेका थिए ।
निवेदन लेख्ने बहानामा सर्वसाधारण, विशेषगरी सीमान्तकृत र अशिक्षित नागरिकबाट अनावश्यक शुल्क लिने प्रवृत्तिको आलोचना गर्दै उनले त्यस्ता कार्य रोक्न प्रहरी स्वयंले निःशुल्क रूपमा निवेदन लेखिदिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।