काठमाडौँ । यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा एकजना जिप चालक पक्राउ परेका छन्। पोखराबाट वालिङतर्फ जाँदै गरेको ग १ ज ७०६६ नम्बरको जिप चालकले १६ वर्षीया बालिकालाई दुर्व्यवहार, अनुचित स्पर्श र अस्वाभाविक व्यवहार गरेको आरोपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
पक्राउ परेका ४९ वर्षीय अनबहादुर गुरुङ वालिङ नगरपालिका–१, रामबाच्छाबाट पक्राउ परेका हुन्। उनी स्याङ्जाको बिरुवा गाउँपालिका–७ का बासिन्दा हुन्। घटनाको अनुसन्धान जारी रहेको छ। प्रहरीले सात दिनको म्याद थप अनुमति लिएर बाल यौन दुरुपयोगसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ।