काठमाडौँ। जबरजस्ती करणीको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
इलाममा ४० वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा देउमाई नगरपालिका–३, सुर्केका ४० वर्षीय राजु बिकलाई सोमबार दिउँसो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पीडित महिलाको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।