काठमाडौँ। शैक्षिक परामर्शदाता संघ (ईक्यान) अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित आईएलटीएस टप पर्फर्मिङ एसोसिएसन अवार्डबाट सम्मानित भएको छ। मार्च २०२६ मा लण्डनमा आयोजित कार्यक्रममा उक्त पुरस्कार ईक्यानका अध्यक्ष लक्ष्मण पौडेल र पूर्वअध्यक्ष शेषराज भट्टराईलाई प्रदान गरिएको हो ।
सोही अवसरमा ईक्यानसँग आवद्ध सदस्यहरूको उपलब्धि पनि उल्लेखनीय रहेको छ। किएकका राजेन्द्र रिजाल ‘संयुक्त उत्कृष्ट मार्केटिङ (दक्षिण एशिया) २०२६ अवार्डबाट सम्मानित भएका छन् भने द नेक्स्ट एजुकेसन कन्सल्टेन्सीका सालिकराम भण्डारीलाई उत्कृष्ट कार्यसम्पादनका लागि सम्मान गरिएको छ। ईक्यानले आफ्ना सदस्यहरूको यो उपलब्धिलाई संस्थाको गौरवका रूपमा लिएको जनाएको छ।