काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालसहितको टिमसँग छलफल गरेका छन् । विशेषगरी विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारीसम्बन्धी विषयमा छलफल गरिएको थियो ।
सम्भावित विपद् जोखिमलाई न्यूनीकरण गर्न आवश्यक रणनीति, स्रोत व्यवस्थापन तथा समन्वयका विषयमा जोड दिइएको बताइएको छ । साथै, सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सीमा गस्ती कडा बनाउने निर्णय गरिएको छ । तस्करी नियन्त्रणका लागि पनि सम्बन्धित निकायलाई कडा निर्देशन दिइएको बताइएको छ ।
यस अघि सोमबार नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालयको औपचारिक निरीक्षण भ्रमण सँगै प्रहरलिाई आवश्यक निर्देशन समेत दिएका थिए ।