काठमाडौँ । जिल्ला प्रहरी कार्यालयले अमानवीय ढंगले पत्नीको खुट्टा काट्ने ३० वर्षीय विश्वनाथ सहनीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सहनीले गत चैत १ गते पर्सागढी नगरपालिका–३, बिरुवा टोलमा पत्नी हरिकलादेवीका हातखुट्टा बाँधेर धारिलो हतियार प्रयोग गरी बाँया खुट्टाको पैतलाभन्दा माथिको भाग काटेका थिए। घाइते महिलालाई बारास्थित एलएस न्यूरो अस्पतालमा प्रारम्भिक उपचार गरिएको छ।