काठमाडौं, १४ फागुन – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल र चीनको आपसी सम्बन्धका विषयमा अमेरिकी राज्यमन्त्रीले गरेको टिप्पणीको प्रतिवाद गरेकी छिन्।
ललितपुरमा सुरु भएको बेल्ट एण्ड रोड इनिसिएटिभ अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा राजदूत होउले कोशौं टाढाको देशले नेपाल र चीनको सम्बन्धका बारेमा नकारात्मक टिप्पणी गर्न उचित नहुने बताएकी हुन्।
चिनियाँ राजदूतले नेपाल र चीन हिमाल र नदीनाला जोडिएका छिमेकी देश रहेको स्मरण गराउँदै कोशौं टाढाको देशले छिमेकी राष्ट्रबीच अविश्वास पैदा गर्नेगरी नकारात्मक टिप्पणी गर्नु नहुने बताइन्।
चीनले आफ्नो स्वार्थ हेरेरभन्दा नेपाल सरकारले प्रस्तुत गरेका विकास आयोजनाहरुमा मात्र काम गर्ने गरेको उनले प्रष्ट पारिन्।
नेपाल भ्रमणमा रहेका अमेरिकी उपसहायक रक्षामन्त्री जोसेफ एच फेल्टरले सोमबार रक्षामन्त्री ईश्वर पोखरेलसँग भएको भेटमा चीनले नेपालमा गरेको लगानीबारे प्रश्न उठाएका थिए।