काठमाडौँ । उदयपुरमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक १९ वर्षीय युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–७ डाँडावारी बस्ने अनिल विश्वकर्मा रहेका छन्।
अभियुक्त अनिलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले उनलाई शनिबार साँझ पक्राउ गरेको हो।
हाल प्रहरीले यस घटनाका सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया र थप अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ।