काठमाडौं । जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि काठमाडौं प्रहरी परिसरमा पुगेको छ । गत २३ र २४ भदौको घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको हो ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारले निर्णय गरेको थियो । त्यसपछि उक्त प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट गृहमन्त्रालयमा पुगेको थियो ।
गृहमन्त्रालयले उक्त प्रतिवेदन कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालयलाई दिएको थियो । प्रहरी प्रधान कार्यालयबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी हुँदै उक्त प्रतिवेदन कार्यान्वयनका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको हो । परिसर काठमाडौंका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईले प्रतिवेदन आइपुगेको र अब कार्यान्वयनको चरणमा जाने बताए ।