काठमाडौँ । वैदेशिक रोजगारीका लागि आइसल्याण्ड पठाइदिने प्रलोभन देखाई लाखौँ रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जना पक्राउ परेका छन्। काठमाडौँ महानगरपालिका–७ बस्दै आएका इलाम नगरपालिका–१ घर भएका २८ वर्षीय मनोज दाहाललाई बुधबार प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार दाहालले आकर्षक तलबको लोभ देखाएर आइसल्याण्ड पठाउने भन्दै एक पीडितबाट ३५ लाख ५० हजार रुपैयाँ असुल गरेका थिए। रकम लिएपछि उनी पीडितको सम्पर्कबाट टाढा रहेका थिए।
पीडितले दिएको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष प्रहरी टोलीले उनलाई काठमाडौँ महानगरपालिका–२६ बाट नियन्त्रणमा लिएको प्रहरी समाचार कक्षले जनाएको ।
पक्राउ परेका दाहाललाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको जानकारी प्रहरीले दिएको छ।