काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन शाहको प्रमुख सुरक्षा अधिकृत (पीएसओ)मा नेपाल प्रहरीका डीएसपी दिपेश बस्याल नियुक्त भएका छन् । बालेनले मध्याह्न १२ बजेर ३४ मिनेटमा प्रधानमन्त्रीको शपथग्रहण गर्दैछन् । सोही अनुसार प्रहरी प्रधान कार्यालयले डीएसपी बस्याललाई बालेनको प्रमुख सुरक्षाको जिम्मेवारी दिएको हो ।
बालेनको सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने क्रममा डीएसपी बस्याललाई पीएसओ खटाइएको हो । प्रधानमन्त्रीको सुरक्षामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पनि खटिने गर्दछ ।