धनगढी । प्रहरी निरीक्षक रेशम प्रसाद आचार्यले जिल्ला ट्राफिक कार्यलय कैलालीको कमाण्ड सम्हालेका छन् । मंगलबारबाट उनले कैलाली ट्राफिकको कमाण्ड सम्हालेका हुन् । मानव बेचबिखन अनुसन्धान ब्यूरो, बबरमहलमा कार्यरत रहेका आचार्यलाई प्रहरी प्रधान कार्यालयले कैलाली ट्राफिकको जिम्मेवारी दिएको हो ।
यसअघि कैलाली ट्राफिकको नेतृत्व सम्हालिरहेका प्रहरी निरीक्षक चक्रबहादुर देउवा भने सरुवा भई नेपाल प्रहरी विशेष सुरक्षा गण, महेन्द्रनगर पठाइएका छन् । कैलाली ट्राफिकको जिम्मेवारी सम्हालेका इन्स्पेक्टर आचार्यले ट्राफिक अनुशासन कडाइका साथ लागू गर्ने, दुर्घटना न्यूनीकरणमा विशेष ध्यान दिने र सेवाग्राहीमैत्री कामलाई प्राथमिकता दिने बताए ।