काठमाडौँ । भदौ २३ र २४ को हिंसात्मक घटनामा ज्यान गुमाएका तीन प्रहरीको मृत्युको जिम्मेवारीसमेत तत्कालीन आइजिपी चन्द्रकुवेर खापुङले लिनुपर्ने निष्कर्ष निकालेको छ । खापुङको निर्देशनका कारण प्रहरीको मनोबल खस्किएको र त्यसले ठुलो क्षति भएको र तीन प्रहरीको मृत्युको जिम्मेवारीसमेत खापुङले लिनुपर्ने निष्कर्ष निकालेको आयोगको रिपोर्टमा उल्लेख छ ।

२४ भदौको आन्दोलनमा प्रहरी सहायक निरीक्षक मिलन राई र प्रहरी जवान उत्तम थापा र अमृत गुरुङको ज्यान गएको थियो । आयोगले तत्कालीन आइजिपी खापुङलाई १० वर्षसम्म कैद सजाय हुने गरी मुलुकी अपराध संहिताअनुसार ‘लापरबाहीपूर्वक काम गरी ज्यान मार्न नहुने’ कसुरमा कारबाही सिफारिस गरेको छ ।