काठमाडौँ । भदौ २३ र २४ को हिंसात्मक घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले नेपाल प्रहरी र सशस्त्र प्रहरीका ८ जना अधिकारीलाई कारबाही गर्न सिफारिस गरेको छ । जेनजी आन्दोलनबारे जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगले नेपाल प्रहरीका ५ र सशस्त्र प्रहरीका ३ जना गरी ८ जना अधिकारीमाथि कारबाहीको सिफारिस गरेको पाइएको हो ।
जनआस्थाले केही अंशसहित सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक सिद्धिविक्रम शाह, प्रहरी नायव महानिरीक्षक ओमबहादुर राना, प्रहरी नायव महानिरीक्षक विश्व अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षक दीपशम्शेर जबरा र प्रहरी उपरीक्षक ऋषिराम कँडेललाई कारबाही सिफारिस गरिएको हो ।
त्यस्तै, सशस्त्र प्रहरीतर्फ सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल, अर्का सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरेशकुमार श्रेष्ठ, र सशस्त्र प्रहरी उपरीक्षक जीवन केसीलाई आयोगले कारबाही सिफारिस गरेको हो ।