काठमाडौँ । कञ्चनपुरमा बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलालाई पक्राउ गरेको छ । जिल्लाको बेल्डाँडी गाउँपालिकामा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बेल्डाँडी गाउँपालिका–५ राधापुर बस्ने २२ वर्षीय सन्तोष राना रहेका छन्। उनलाई मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो।
सन्तोषले ती बालिकालाई जबरजस्ती करणी गरेको भनी प्रहरीमा उजुरी परेपछि इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। घटनाका बारेमा थप जानकारी लिन प्रहरीले पीडित र आरोपित दुवै पक्षसँग सोधपुछ गरिरहेको छ।
पक्राउ परेका रानामाथि करणीसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। पछिल्लो समय बालबालिकामाथि हुने यस्ता जघन्य अपराधका घटनाहरूले समाजमा सुरक्षाको चुनौती थपेको छ।