काठमाडौं । बैंकिङ कसूर तथा वैदेशिक रोजगार सम्बन्धी ठगी मुद्दामा संलग्न भई फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले ३७ वर्षीया राधिका बस्नेतलाई पक्राउ गरेको हो।
दोलखा जिल्लाको वैतेश्वर गाउँपालिका वडा नं. ३ स्थायी ठेगाना भएकी बस्नेतलाई काठमाडौं महानगरपालिका वडा नं. ६ बाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनी विरुद्ध काठमाडौं जिल्ला अदालत बबरमहलबाट पक्राउ अनुमति जारी भएको थियो ।
प्रहरीको प्रारम्भिक अभिलेख अनुसार निज प्रतिवादी विरुद्ध विभिन्न कार्यालयहरूमा कुल ९ वटा मुद्दा दर्ता रहेको देखिएको छ। जसको जम्मा बिगो रकम ८० लाख १५ हजार ५ सय) रहेको थियो । पक्राउ परेकी बस्नेतलाई थप अनुसन्धान तथा आवश्यक कानूनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिएका छन् ।
