काठमाडौँ । नागरिकलाई सुरक्षाकर्मी देख्दा डर नभई भर महसुस हुने गरी काम गर्नुपर्ने सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले बताएका छन् । पशुपतिनाथ बाहिनी मुख्यालको २२औं स्थापना दिवसको कार्यक्रममा मंगलबार नयाँ बानेश्वरस्थित बाहिनी मुख्यालयमा बोल्दै आईजीपी अर्यालले उक्त कुरा बताएका हुन् ।
काठमाडौं उपत्यका राजधानी समेत भएका सुरक्षा हिसाबले निकै चुनौतीपूर्ण रहेको र पशुपतिनाथ बाहिनी मुख्यालले उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै अर्यालले बधाई दिएका थिए । परिणामुखी ढंगले जिम्मेवार भएर काम गर्न पनि उनले मातहतका सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् ।
कार्यक्रममा बोल्दै बाहिनीपति तथा डीआईजी सुरेश श्रेष्ठले संगठनको नीति निर्देशनअनुसार बाहिनीले काम गर्दै आएको बताए । उपत्यकाको निर्वाचन शान्पिूर्ण सम्पन्न गराउन, उपत्यकामा हुने बन्द हड्ताल, नाराजुलुस बिरोध प्रर्दशन जस्ता गतिविधिमा सुरक्षा प्रदान र शान्ति सुरक्षा कायम राख्न बाहिनीले काम गरिरहेको बताए ।