काठमाडाैँ । दार्चुलाको महाकाली नगरपालिकामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ। महाकाली नगरपालिका–४ तल्लासैनस्थित अपि रेष्टुरेन्टबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा रेष्टुरेन्ट संचालक ५२ वर्षीय मोहन सिंह बिष्टसहित सात जना रहेका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको विशेष टोलीले उनीहरूलाई सोमबार साँझ जुवा खेलिरहेको अवस्थामा फेला पारेको हो।
प्रहरीले उनीहरूको साथबाट नगद ५० हजार २ सय ५ रुपैयाँ र २ बुक तास समेत बरामद गरेको छ। पक्राउ परेका सबैमाथि हिरासतमा राखी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।