काठमाडौं । नेपाल प्रहरीले सिंहदरबारमा निर्माण भईरहेको सभाकक्षको निरीक्षण गरेको छ । नवनिर्वाचित सांसदहरूको शपथ ग्रहणको लागि
तयार गरेको नयाँ संसद् भवनभित्रको बहुउद्देश्यीय कक्षलाई सुरक्षा व्यवस्थापनको तयारी बुझ्न आइतबार प्रहरीले निरीक्षण गरेको हो ।
चैत्र १२ गते नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले शपथ ग्रहण गर्ने भएकोले सुरक्षा, ट्राफिक व्यवस्थापन र अन्य समग्र व्यवस्थापनको तयारीमा प्रहरी जुटेको छ ।
सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै आज महानिरीक्षक ईश्वर कार्की र उमा प्रसाद चतुर्वेदीले नयाँ संघीय संसद भवनको निरीक्षण गरेका हुन्।
निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको ३० दिनभित्र संसद्को अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक प्रावधान छ । निर्माणाधीन नयाँ संसद् भवन तथा प्रतिनिधि सभा सदस्यको शपथ र संसद् अधिवेशन सञ्चालनका लागि तयार पारिएको अस्थायी कक्षको निरीक्षण गर्दै संसद् अधिवेशन सञ्चालनका लागि सबै तयारी पूरा भएको छ ।