काठमाडौँ । मकवानपुरको बागमती गाउँपालिकामा अवैध भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बागमती गाउँपालिका–९ बेतिनी बस्ने ५७ वर्षीय सन्त कुमार प्रजापतिलाई १ थान भरुवा बन्दुकसहित गए राति प्रहरीले पक्राउ गरेको हो।
प्रजापतिको घरमा अवैध हतियार लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय फापरबारीबाट प्रहरी टोली खटिएको थियो। घर खानतलासी गर्दा उक्त भरुवा बन्दुक फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका प्रजापतिमाथि हातहतियार तथा खरखजाना सम्बन्धी ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।