काठमाडौँ । कास्कीको पोखरा महानगरपालिकामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेकाेे छ। पोखरा महानगरपालिका–१७ स्थित उषा शेरचनको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको विशेष प्रहरी टोलीले शनिबार राति छापा मार्दा ६० वर्षीय भुपेन्द्र शेरचन लगायत ११ जनालाई पक्राउ गरेको हो। प्रहरीका अनुसार जुवाको खालबाट ३ लाख ४६ हजार ९ सय ६५ रुपैयाँ नगद र १० बुक तास बरामद गरिएको छ।
पक्राउ परेका व्यक्तिहरूमाथि जुवा ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।