काठमाडौँ । सुर्खेतको गर्भाकोट गाउँपालिका–५ का ४८ वर्षीय ससिराम खड्का कुवेत लगेर बन्धक बनाएको आरोपमा पक्राउ परेर केन्द्रीय कारागार सुन्धारामा पठाइएका छन्।
मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार, खड्काले काठमाडौँको एक सपिङ मलमा काम गर्ने युवतीलाई कुवेतमा ब्युटिपार्लरमा काम लगाइने भन्दै प्रलोभनमा पारी बन्धक बनाएका थिए। पीडित महिलाले घरबाट धकेल्दा दुबै खुट्टा भाँचिएको र नेपाल फर्किने क्रममा प्रहरी र युवा शक्ति संस्थाबाट उद्दार गरिएको बताएकी छिन्। काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार खड्कालाई पुर्पक्षका लागि कारागार पठाइएको हो। मानव बेचबिखन अनुसन्धान ब्यूरोले जानकारी दिएको छ कि उनलाई “फ्रि भिसा, फ्रि टिकट” र मासिक १२ सय केडी तलवको प्रलोभनमा पारेर बन्धक बनाइएको थियो। पीडित महिलाले घरेलु कामका नाममा यातना दिइएको र एक दिनमा दुई तले घरबाट समेत धकेलिएको बताएकी छन्।