काठमाडौं । पछिल्लो समय ह्वाट्सएप ह्याक गरी पैसा माग्ने र ठगी गर्ने घटना बढ्दै गएपछि नेपाल प्रहरीको साइबर ब्युरोले नागरिकलाई सचेत गराएको छ । ह्याकरहरूले विभिन्न व्यक्तिको ह्वाट्सएप अकाउन्ट नियन्त्रणमा लिएर निजका साथीभाइ तथा आफन्तलाई म्यासेज पठाउने गरेका छन् ।
ब्युरोले ह्वाट्सएपमा कसैले पैसा मागे तुरुन्त विश्वास नगर्ने र सम्बन्धित व्यक्तिलाई प्रत्यक्ष फोन गरेर मात्र यकिन गर्ने, ओटीपी कसैलाई सेयर नगर्ने, शंकास्पद लिंकमा क्लिक नगर्ने साथै अपरिचितबाट आएका लिंक र फाइल नखोल्नेरडाउनलोग नगर्न सचेत गराइएको छ ।
