काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सबै प्रहरी कर्मचारीलाई उत्कृष्ट व्यवहार, शिष्ट बोली र वचन पालन गर्दै नागरिकको अपेक्षाअनुसार आफ्नो जिम्मेवारी निभाउन निर्देशन दिएका छन्।
नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममार्फत आयोजित कार्यक्रममा प्रहरी कर्मचारीलाई सम्बोधन गर्दै आइजीपी कार्कीले यस्तो निर्देशन दिएका हुन्। प्रहरी महानिरीक्षक कार्कीले निर्वाचन शान्तिपूर्ण, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन प्रहरीको योगदान प्रशंसनीय भएको उल्लेख गरे। साथै उनले प्रहरी कर्मचारीले आफ्नो क्षेत्रका आपराधिक गतिविधिहरू रोक्न सूचना संकलन र विश्लेषणलाई प्राथमिकतामा राख्न र सदैव तयारी अवस्थामा रहनुपर्ने पनि जोड दिए।