काठमाडौँ । आइतबारदेखि दुई छोराछोरीसहित हराएकी गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी माया कठायत र उनकी छोरी आशा कठायत को शव फेला परेको छ। पाँच वर्षीय छोरा दीपक कठायत अझै बेपत्ता छन्।
आइतबार बिहान उनीहरू बेपत्ता भएका थिए। ३८ वर्षीया माया को शव आइतबार बेलुका र ११ वर्षीया आशा को शव मंगलबार बिहान फेला परेको सुर्खेत जिल्ला प्रहरी कार्यालय का सूचना अधिकारी डिएसपी मोहनजंग बुढथापाले जानकारी दिएका छन्। मायाको शव लेकबेशी नगरपालिका–३, पटारे मा र आशाको शव गुर्भाकोट–१३, मसानघाट नजिक माछा पार्ने जालमा फेला परेको प्रहरीले जनाएको छ। डिएसपी बुढथापाले भनेका छन्,बेपत्ता आमा र छोरीको शव भेटिएको छ, पाँच वर्षीय छोरा दीपक कठायतको खोजी जारी छ।