काठमाडौँ । हरिनगर गाउँपालिका–१ मा गएराति सवारी दुर्घटनामा २५ वर्षीय दीपक दासको मृत्यु भएको छ। प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार दुर्घटना भुटहाबाट हरिनगरतर्फ जाँदै गरेको प्रदेश ०१–०२–०५७ प ४८९९ नम्बरको मोटरसाइकललाई उखु बोकेर आइरहेको स१ज ४९१४ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा भएको हो।
घाइते भएका दीपक दास गम्भीर अवस्थाका कारण उपचारको क्रममा निधन भएको हो भने अर्का घाइते मिथुन दासको विराटनगरमा उपचार भइरहेको छ। दुर्घटनासँग सम्बन्धित ट्रयाक्टर प्रहरीको नियन्त्रणमा रहेको छ। तर ट्रयाक्टर चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।