काठमाडौँ । कञ्चनपुरमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–स्थित लालपुरमा से १ च १४०५ नम्बरको जीपले म २ प ३५०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाका अनुसार महेन्द्रनगरबाट अत्तरियातर्फ जाँदै गरेको जीपले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकहरूको पहिचान भने हालसम्म खुलेको छैन। मृतकका शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ। दुर्घटनामा संलग्न जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।