काठमाडौँ । सुर्खेतमा १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको घटनाकाे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोले गर्ने भएकाे छ । अनुसन्धनका लािग प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको प्रहरीले जनाएकाे छ ।
।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एवं एसपी सुधिरराज शाहीका अनुसार’हामीले पनि अनुसन्धान गरिरहेका छौं, हाम्रो अनुसन्धानमा सघाउनका लागि सिआइबीको टोली आएको हो,’ बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले छुट्टै टोली बनाएर घटनाको अनुसन्धान गरिरहेको छ। साथै घटना अनुसन्धानमा कुनै तथ्यहरू नछुटून् भनेर सिआइबीको टोली पुगेको एसपी शाहीले बताए। गुर्भाकोट नगरपालिका–६ घर भएकी १६ वर्षीया किशोरी वीरेन्द्रनगर–१ मा आमासँग बस्दै आएकी थिइन्। उनका बुवा विदेशमा थिए। बिहीबार मात्र घर आइपुगेका छन्।
कक्षा–११ मा पढ्ने उनी फागुन २३ गते बिहान वीरेन्द्रनगर–४ को जनजागरण सामुदायिक वनमा साथीहरूसँग मर्निङवाक जाने भनेर निस्किएकी थिइन्।उनी बिहान ८ बजेतिर निस्केकी थिइन्।
त्यसपछि किशोरसँग भेट भएको र वनमा उनले जबरजस्ती करणी गरेको आरोप छ। जबरजस्ती करणी गर्दा नाबालिकाको यौनांगमा चोट लागेको प्रहरीको अनुसन्धानमा खुलेको छ।
किशोरीको अत्यधिक रक्तस्राव भएपछि ती किशोरले आफ्ना साथीहरूलाई बोलाएको प्रहरीसमक्ष बयान दिएका छन्। अचेत अवस्थामा रहेको खबरपछि प्रहरी घटनास्थलमा पुगेको थियो।