काठमाडौँ। नियमित गस्तीका क्रममा प्रहरीले बाराको निजगढ नगरपालिका–११ रतनपुरबाट १२ किलो २३० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ परेकाहरू हुन्जीः तपुर सिमरा उपमहानगरपालिका–१९ इनर्वाका ३५ वर्षीय फिरोज देवान र गौर नगरपालिका–९ का १९ वर्षीय तरबेज आलम। त्यस्तै, भरतपुर महानगरपालिका–१८ लाहुरेचोकबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने २२० फाइल ट्रामाडोल सहित सोही महानगरपालिका–२३ का २९ वर्षीय सोम पाण्डे पनि पक्राउ परेका छन्। उनीहरूलाई मङ्गलबार पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ। प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ।