काठमाडौं । बाँदरहरूलाई कटेरोमा थुनेर, कुकुरले टोकेर, लाठीले हिर्काउँदै विभत्स ढंगले हत्या गर्ने व्यक्ति पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको टोलीले सो कृत्यमा संलग्न संयोग हेम्ब्यालाई पक्राउ गरेको हो । बाँदरहरूलाई तड्पाउँदै अमानवीय तरिकाले कुकुरले टोकेर मारेको भिडियो सामाजिक सञ्जालमा पोस्ट भएपछि गम्भीर ध्यानाकर्षण भएको थियो।
पाँचथर हिलिहाङ गाउँपालिका–२ सिहपुर घर भई हाल ताप्लेजुङ पाथिभरा याडवरक गाउँपालिका–२ थेचम्व बस्ने २१ वर्षीय सङ्गम (संयोग हेम्ब्या) लाई पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
फेसबुकमा बाँदरहरूको सामूहिक हत्या गरिएको भिडियो भाइरल भएपछि धेरैले यस्तो कृत्य गर्नेलाई कारबाहीको माग गरेका थिए। प्रहरीका अनुसार यो घटना प्रतिनिधिसभा निर्वाचनभन्दा अगाडिको हो।