काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले मुलुकभर शान्तिपूर्ण र उत्साहजनक ढंगले मतदान कार्य सम्पन्न भएको बताएका छन्।
बिहीवार सञ्चारकर्मीसँग कुरा गर्दै आईजीपी कार्कीले सुरक्षा निकायहरुबीचको आपसी समन्वय र एकीकृत सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन शान्तीपूर्ण ढंगले निर्वाचन सम्पन्न भएको बताएका हुन् ।
उनकाअनुसार छिटपुट विवादहरु बहेक मुलुकभर शान्तीपूर्ण ढंगले निर्वाचन सम्पन्न भएको छ ।दोलखाको केही निर्वाचन क्षेत्रमा देखिएको विवाद साम्य पार्न दलहरु र निर्वाचन अधिकृतहरुबीच छलफल भइरहेको बताए ।
उनले मतपेटिका संकलनदेखि मतगणना कार्य सम्पन्न नहुँदासम्म सबै सुरक्षा निकायका लागि जिम्मेवारी तोकिएको भन्दै योजनाअनुसार अघि बढ्ने बताए ।