काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले बुधबार दिउँसो ३ बजे परिषद्को बैठक बोलाएकी हुन् ।
प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार, सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्न लागेको हो ।
भोलि हुने प्रतिनिधिसभा निर्वाचनअघि प्रधानमन्त्री कार्कीले सबै निकायका प्रमुखहरूसँग छलफल गर्न लागेकी हुन् ।