कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा दुई पक्षबिच झडप भएको भएको छ । झडप नियन्त्रणमा लिने क्रममा दुई प्रहरी कर्मचारी घाइते भएका छन् ।
मंगलबार साँझ भएको उक्त घटनामा घाइते इन्स्पेक्टर बलराम पाण्डे र असई डबल साउदको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड हवाई फायर गरेको छ। कैलालीका एसपी नरेन्द्र चन्दले दिएको जानकारी अनुसार धनगढी–१३ मा दुई समुहबिच आपसी झगडा भएको थियो । प्रहरीले झडपमा संलग्न १२ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार झडपमा केही अन्य व्यक्तिहरू पनि घाइते भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन र थप हिंसा हुन नदिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको थियो ।