काठमाडौँ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई प्रभावित पार्ने उद्देश्यले सामाजिक सञ्जालमा भ्रामक भिडियो अपलोड तथा सेयर गरेको आरोपमा ३२ जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीका अनुसार निर्वाचनको निष्पक्षता र शान्ति सुरक्षामा असर पुग्ने गरी झुट्टा अफवाह फैलाउने गतिविधि बढेपछि निगरानी कडा पारिएको थियो। सोही क्रममा विभिन्न सामाजिक सञ्जालमार्फत आधारहीन र भ्रामक सामग्री प्रसारण गर्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले यस्ता गतिविधिले निर्वाचन प्रक्रियामा नकारात्मक प्रभाव पार्न सक्ने भन्दै तथ्यहीन सूचना प्रसारण नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार र सचेत रहन पनि अपिल गरिएको छ। पक्राउ परेकामाथि प्रचलित कानुनअनुसार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।