काठमाडौं । नेपाली सेनाले एकीकृत सुरक्षा योजनाअनुसार सम्बद्ध निकायहरूसँग समन्वय र सहकार्य गरी चुनाव सम्पन्न गराउन प्रतिबद्ध रहने जनाएको छ ।
आइतबार जारी गरिएको विज्ञप्तिमा ०४८ सालको निर्वाचनदेखि नै सबै निर्वाचनमा सेना परिचालन भई मतपत्र छपास्थलको सुरक्षा, काठमाडौंबाट देशका सबै जिल्ला निर्वाचन कार्यालयसम्म मतपत्र ढुवानी गरिँदै आएको उल्लेख छ ।
निर्वाचनको दौरान तेस्रो घेरामा रही सुरक्षा प्रदान र गर्ने चुनाव सम्पन्न भएपछि संयुक्त टोलीले सुरक्षा प्रदान गरी मतपेटिकालाई मतगणना स्थलसम्म पुर्याउने जिम्मेवारी निर्वाह गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।
