काठमाडौँ । मातहतका सम्पूर्ण प्रहरी कार्यालय प्रमुखहरूलाई निर्वाचन सुरक्षा तथा व्यवस्थापनका विषयमा भर्चुअल कन्फ्रेन्समार्फत निर्देशनात्मक सम्बोधन गरिएको छ। कार्यक्रममा दान बहादुर कार्कीले निर्वाचनलाई सुरक्षित, व्यवस्थित र निष्पक्ष रूपमा सम्पन्न गराउन आवश्यक रणनीतिक उपायहरू अवलम्बन गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।
सम्बोधनका क्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरूले पनि निर्वाचन सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन समन्वयात्मक रूपमा अघि बढ्नुपर्नेमा जोड दिँदै महत्वपूर्ण मार्गदर्शन प्रदान गरेका थिए। भर्चुअल कन्फ्रेन्समार्फत दिइएको निर्देशनले आगामी निर्वाचन प्रक्रियालाई विश्वसनीय र पारदर्शी बनाउन सुरक्षा संयन्त्रलाई अझ सक्रिय र जिम्मेवार बनाउने अपेक्षा गरिएको छ।