काठमाडौं। फागुन २१ गते हुने चुनावमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने भएको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनका क्रममा घाइते भएका सुरक्षाकर्मीको उपचारका क्रममा लाग्ने खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी गराएका हुन् ।
साथै चुनावका क्रममा कुनै सुरक्षाकर्मीको मृत्यु भएका निजको आश्रित परिवारलाई क्षतिपूर्ति वापत आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि गरिएको अर्यालले बताए।