काठमाडौँ । अमेरिकाको भर्जिनियामा एक नेपाली पुरुषले आफ्नै परिवारका सदस्यमाथि धारिलो हतियार प्रहार गर्दा दुई महिलाको मृत्यु भएको छ। घटनामा एक पुरुष गम्भीर घाइते भएका छन्।
घटनापछि घटनास्थल पुगेको प्रहरीले आक्रमणकारीलाई हतियार फ्याँक्न चेतावनी दिएको थियो, तर उनले अटेर गरेपछि प्रहरीले गोली चलाउन बाध्य भएको जनाएको छ। गोली लागेर आक्रमणकारीको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ भने पीडित परिवारका सदस्यहरूको पहिचान सार्वजनिक गरेको छैन। घाइतेलाई अस्पताल लगिएको र एक वर्षको शिशुलाई कुनै चोट नलागेको बताइएको छ। घटनापछि परिवारका आफन्तसँग समन्वय भइरहेको अधिकारीहरूले जनाएका छन्।