सुनसरी । सुनसरी-४ मा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का कार्यकर्ताबीच झडप हुँदा प्रहरीले लाठीचार्ज गर्नुपर्ने स्थिति आएको छ ।
सुनसरी क्षेत्र नम्बर -४ भोक्राहा नरसिंह गाउँपालिका–४ मा नेपाली कांग्रेसको चुनावी कार्यक्रममा कांग्रेस र रास्वपाका कार्यकर्ताबीच झडप हुँदा प्रहरीले लाठीचार्ज गरेको हो ।
कांग्रेस उम्मेदवार ज्ञानेन्द्र कार्की चुनावी सभालाई सम्बोधन गर्न जाने क्रममा बाटोमै रास्वपाका केही युवासँग भेट भएपछि विवाद सुरु भएको थियो। सामान्य भनाभन चर्किंदै हात हालाहालसम्म पुगेपछि अवस्था तनावपूर्ण बनेको थियो।
निर्वाचन सुरक्षामा खटिएको प्रहरीले दुवै पक्षलाई नियन्त्रणमा लिन र भीड तितरबितर गर्न लाठीचार्ज गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार झडपमा संलग्न कार्यकर्ताहरू एउटै क्षेत्रका छिमेकी भए पनि फरक–फरक राजनीतिक दलमा आवद्ध भएकाले विवाद उत्पन्न भएको थियो।