काठमाडौं । रौतहटको गौर नगरपालिका-६ सबगढवामा दुई समुदायबीच हिंसात्मक तनाव भएपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेनासहितका सयौं सुरक्षाकर्मी परिचालित भएका छन् ।
गतराति एक हिन्दु समुदायको घरमा वैवाहिक कार्यक्रम भइरहेका बेला बाजा बजाउने विषयमा केही व्यक्तिबीच विवाद भएसँगै अवस्था तनावपूर्ण बनेको हो ।
त्यही घटनालाई लिएर शुक्रबार दुई समुदायबीच झडप भएको हो । सबगढा गाउँमा बिहीबार राति एक हिन्दू समुदायको विवाहमा बाजा बजाउँदै जन्ती पुगेको थियो ।
सबगढा गाउँस्थित मुस्लिम समुदायको मस्जिदमा रातिको समय नवाज पढिरहेको बेला बाजा बजाएको विषमा भनाभन भएको थियो ।