काठमाडौं । सडकमा हिँडिरहेका एक वृद्धमाथि कुटपिट भएको छ । सार्वजनिक स्थलमा एक कार चालकले वृद्धमाथि कुटपिट गरेका हुन् । बीच सडकमा कार रोकेर सडकमा हिँडिरहेका वृद्धलाई मुक्का प्रहार गरेको भिडियो सार्वजनिक भएको छ । यद्यपि उक्त घटना कहिलेको हो खुल्न सकेको छैन ।
सडकमा पैदलयात्रुलाई कुटपिट गरेको भिडिओ भाइरल भएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले घटनाको अनुसन्धान सुरु गरेको छ । परिसरका एसपी पवन भट्टराईले वृद्धमाथि सार्वजनिक स्थललमा कुटपिट गर्ने कार चालकको खोजी भइरहेको बताए ।
उक्त भिडिओमा सडक पार गर्दै गरेको एक वृद्धलाई बा ३ घ ११०३ नम्बरको गाडीबाट एक अधवैशे पुरुषले गाडीबाट झरेर ती वृद्धलाई कुटपिट गरेको देखिन्छ । साथै अर्की महिलाले पनि उनलाई गाली गरेको भिडिओमा देखिन्छ ।