सुनसरी । सुनसरीमा ९५५ किलो गाँजासहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । प्रहरीले धरान उपमहानगरपालिका–२० बरडाँडाबाट दुई वटा सवारीसाधसहित ठूलो परिमाणको गाँजा बरामद गरेको हो । प्रहरीले मंगलबार बिहान बरडाँडाबाट बागमती प्रदेश–०१–०२७ च ११४३ नम्बरको पिकअप र बीएसी ३२३६ नम्बरको गाडीबाट ९ सय ५५ केजी गाँजा बरामद गरेको हो ।
दुवै गाडीका चालक चन्द्रागिरी नगरपालिका–८ बस्ने ३३ वर्षीय नगेन्द्र राज श्रेष्ठ र बाराको कोल्वी नगरपालिका–८ का २८ वर्षीय सन्दीप कुमार माझीलाई पनि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक भिषणबाबु राईले जानकारी दिए ।
उनका अनुसार बागमती प्रदेश–०१–०२७ च ११४३ नम्बरको पिकअपबाट ३३ पोका र अर्को बीएसी ३२३६ नम्बरको गाडीबाट २३ पोका गाँजा बरामद भएको हो सवारीसाधनहरू संकास्पद लागेर जाँच गर्दा उक्त परिमाणको गाँजा बरामद भाएको उनले बताए ।