धनगढी । बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला परेको छ । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ७ पितमारी स्थित नवदुर्गा सामुदायिक वनमा बिहीबार बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला परेको हो ।
स्थानीयले इलाका प्रहरी कार्यालय चिसापानीमा खबर गरेपछि प्रहरीको टोलीले चार फिट लम्बाई र दुई इन्च भएको एक नाले भरुवा बन्दुक र नौ छर्रा थान फेला पारी बरामद गरिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।