दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको शव फेला परेको छ। मंगलबार बिहान महाकाली नगरपालिका–४ बंगाबगरमा प्रहरी हवल्दार योगेन्द्र घर्ती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ ।
प्रहरीका अनुसार उक्त शव सडकभन्दामाथि घरहरुको पछाडी फेला परेको हो । शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएको र लगत्तै घटनास्थलमा प्रहरी खटिएको थियो । घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुला लगिएको छ। प्रहरीका अनुसार घटनास्थलको अवस्था हेर्दा घर्तीको हत्या भएको आशंका गरिएको छ।
आक्रोशित मृतकका आफन्त तथा स्थानीयवासीले घटनास्थलमा नाराबाजी गरेका छन्। यस क्रममा ढुंगामुडा प्रहार समेत भएको छ।