भियतनाम, १४ फागुन – उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन भियतनाम पुगेका छन्। किम चार हजार किलोमिटर रेलयात्रा गरी भियतनाम पुगेका हुन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उच्चस्तरीय वार्ता गर्न किम भियतनाम पुगेका हुन्। गत वर्ष सिंगापुरमा भएको वार्ताको निरन्तरताकै रुपमा भियतनाममा संवाद हुन लागेको हो।
डोङ डाङ सीमासम्म निलो ट्रेन चढेर आएका किमको स्वागतमा रातो कार्पेट बिछ्याइएको थियो। त्यसपछि किमलाई स्कर्टिङ गरी राजधानी हनोइ पुर्याइएको छ।
[caption id="attachment_19554" align="alignnone" width="830"]
उत्तर कोरियाली नेता किम जोङ उन।[/caption]
किमका साथमा उनकी बहिनी किम यो जोङ र प्रमुख मध्यस्थकर्ता पूर्वसैनिक किम योङ चोल भियतनाम आएको समाचार एजेन्सीहरुले जनाएका छन्।
हजुरबुवाकै शैलीमा किमको भियतनाम यात्रा
किमका हजुरबुवा उत्तर कोरियाका पहिलो नेता किम इल सुनले पनि रेलमार्गबाटै भियतनाम र पूर्वी युरोपको भ्रमण गरेका थिए।
सोही शैलीलाई अनुशरण गर्दै हवाइजहाजमा २ घण्टा समय लाग्ने भियतनामा आउन किमले रेलमार्ग रोजे। किमको निजी रेलमा २१ जना अट्ने क्षमता छ। बुलेटप्रुफ छ। र, यो रेलमा छालाबाट बनेका आरामदायी सोफा, सभाहल छ।
अमेरिकी राष्ट्रपति ट्रम्प मंगलबार भियतनाम आउँदै छन्। ट्रम्प र किमबीच बुधबार बेलुका वान टु वान वार्ता हुने कार्यक्रम निधारण गरिएको छ।