काठमाडौँ । सामाजिक संजालमार्फत राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी प्रचार गरेको आरोपमा पर्सा प्रहरीले एक प्रहरी हवल्दारलाई नियन्त्रणमा लिएको छ ।
प्रहरी हवल्दार श्यामनारायण पटेलले आफ्नो आईडीबाट रास्वपाका उम्मेदवारलाई प्रचार गरेको पाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर आन्तरिक अनुसन्धान अगाडि बढाएको हो ।
पर्साका प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार हवल्दार पटेलले केही दिनदेखि आफ्नो सामाजिक संजालमार्फत राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचार र टिप्पणी गर्दै आएका थिए । सोही आरोपमा उनलाई नेशनल मेडिकल कलेजबाट नियन्त्रणमा लिइएको र आन्तरिक अनुसन्धान भइरहेको छ ।
प्रहरी आचरण विपरीत काम गरेको आरोपमा पटेलाई नियन्त्रणमा लिएको उनले बताए ।